अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८३-०५-२२
- A
- A-
- A+
धनुषा, मिथिला नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९७ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार मधुवनी घर भएका २७ वर्षीय संजित कुमार राम र धनुषा सबैला नगरपालिका-१० घर भएका २६ वर्षीय राकेश राम रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।