प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करिब १ सय ६२ किलोग्राम गाँजा सहित दुई जना पक्राउ

२०८३-०५-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-९ भाबरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६२ किलो ७ सय ९४ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरू चितवन माडी नगरपालिका-५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका-२४ बस्ने ४८ वर्षीय टेक बहादुर दोङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१-०२५ च ०८७७ नम्बरको कार जाँच गर्ने क्रममा १३ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक देव नारायण र लागूऔषध कारोबारमा संलग्न ग.२ च ६१५ नम्बरको पिकअप चालक टेक बहादुरलाई समेत पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-२४

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय शिब्जु रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय कमल केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय ८० ट्याब्लेट सहित मलंगवा नगरपालिका-६ बस्ने १९ वर्षीय राहुल यादव समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध टापन्डाडोल १ सय १७ ट्याब्लेट र पोलेन १ सय ग्राम सहित कास्की पोखरा महानगरपलिका-२७ रिठ्ठे पानी बस्ने ३२ वर्षीय खोम बहादुर रेश्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ८५४५ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-१६ टिकुलिया टोलबाट अवैध लागूऔषध गाँजा ३ सय १० ग्राम र नगद ६ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५८ वर्षीया गंगा कुमारी थरूनी, इटहरी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय समिर चौधरी र २६ वर्षीय विरेन चौधरी रहेका छन् । गंगा कुमारीको किराना पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध  फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१ पश्चिम स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १९ वर्षीय आदित्य दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ६ सय मिलिग्राम सहित नेपालगंज उपमहानगरपालिका-१६ ठेगाना भएका २१ वर्षीय मेहेरमान खान समेत २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । दार्चुला, महाकाली नगरपालिका-४ खलङ्गा बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ ग्राम सहित महाकाली नगरपालिका-४ बाङ्गाबगड बस्ने सोही नगरपालिका-२ पनौडा घर भएका अनुप सिंह लोथ्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट सहित पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय आन्नद चौरसियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०५-२३

सुनसरी, इटहरी उपमहानगरपालिका-१६ मितेरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ बस्ने १९ वर्षीय अबु खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-७ बज्राहा मुसरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम र गाँजा ३ किलो ९ सय ४० ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय दिनेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।   यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० बस्ने १७ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवन बुधबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ४० वर्षीय कर्ण बहादुर राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्र.१-०२-०५१ प ४८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ५ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ मनकामना टोल बस्ने ३२ वर्षीय रोशन चौधरीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय गोबिन्द श्रेष्ठ र बिर्तामोड नगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण बहादुर प्रधान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले गोबिन्दलाई ४ ग्राम ९ सय २० मिलिग्राम र कृष्णलाई  ४ ग्राम ९ सय मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया बौकामजरफ घर भएका १९ वर्षीय मोहमद फारूक र २५ वर्षीय चन्दन कुमार मण्डल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बुद्धचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रंजित बस्नेत, ३० वर्षीय अनिश चौलागाई र २९ वर्षीय इन्द्र बहादुर अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले रंजितको भान्सा घर तालसी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ४ एम्पुल र नोर्फिन ५ एम्पुल सहित सोही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय निम लामा समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम ९ सय मिलिग्राम सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने २३ वर्षीय राजेश प्रसाद तेली, २२ वर्षीय राजेश कुमार तिवारी, सोही नगरपालिका-५ बस्ने २५ वर्षीय आजिजु राहमान मुसलमान र २५ वर्षीय कृपा शंकर उपाध्याय रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.३९ प ६२१० नम्बरको मोटरसाइकल र लु.१४ प ३७६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ४६ ट्याब्लेट सहित भारत उत्तरप्रदेश खुसीनगर तुरपट्टी फाजीनगर बस्ने २३ वर्षीय साहिल अन्सारी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ जाँदै गरेको युपी ५७ बिएन ३०८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   ललितपुर, ललितपुर महानगरपालिका-७ दुपाट डेरा गरी बस्ने काभ्रे पनौती घर भएका ४३ वर्षीया मिना केसीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ हजार १ सय ३० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले मिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यसैगरी ललितपुर, गोदावरी नगरपालिका-८ डुकुछापबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८० ग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२२ खोकना बस्ने ३३ वर्षीय बिकास खड्की र सोही ठाउँ बस्ने सुनसरी घर भएका ३० वर्षीय शुभम गुरूङ रहेका छन् ।  प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले बा ३४ प ४५२९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  इलाम, सूर्योदय नगरपालिका-८ शान्ति चोकबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ कन्याम बस्ने ३० वर्षीय मिक कुमार तामाङ र २४ वर्षीय रोशन तामाङ रहेका छन् । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले प्र.१-०१-००१ ह ८७४७ नम्बरको अटो तलासी जाँच गर्दा उक्त पदार्थ फेला पारी अटो चालक मिक कुमार र अटोमा सवार रोशनलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-७ बस्ने २७ वर्षीय मनोज विक र सोही गाउँपालिका-५ बस्ने २७ वर्षीय राकेश भोलन रहेका छन् । प्रहरी चौकी ईनर्वा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, हरिवन नगरपालिका-९ सुकेपोखरीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार ५ सय ट्याब्लेट सहित धनकौल गाउँपालिका-६ हनुमाननगर बस्ने २६ वर्षीय सुबोध कुमार यादव समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बीआर ३० एक्स २२४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१५ मधुवन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ बालुवाटार बस्ने २७ वर्षीय बिष्णु प्रसाद सोनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-४ नयाँ बस्ती बस्ने ४८ वर्षीय मान बहादुर परियार समेत २ जनालाई अवैध लागूऔषध गाँजा १ किलो २ सय ८० ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले मान बहादुरको घरमा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कालिञ्चोकबाट अवैध लागूऔषध चरेस करिब ३८ ग्राम ४ सय ७० मिलिग्राम र नगद ४८ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तिला गाउँपालिका-५ बस्ने ३७ वर्षीय जनक बहादुर रावल, सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय जगत बुढा र गुठिचौर गाउँपालिका-१ बस्ने ४८ वर्षीय टेक बहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चरेस सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-९ पृथ्वी चोकस्थित न्यू पाथिभरा होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ८० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-३ घर भएका ३७ वर्षीय किसान भन्ने दल बहादुर मल्ललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइन सहित ६ जना पक्राउ
२०८३-०५-२२

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २९ ग्राम ७ सय ८० मिलिग्राम सहित ६ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गुल्मी घुर्कोट गाउँपालिका-१ घर भएका ३० वर्षीय कस्मिर भुषाल, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१२ घर भएका २९ वर्षीय निशान्त रसाईली, पर्सा छिपहरमाई गाउँपालिका-५ घर भएका ४० वर्षीय उपेन्द्र कुमार, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ घर भएका २७ वर्षीय अभिषेक तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भएकी २० वर्षीया सरला कार्की र भारत मोतिहारी कल्वारी दुवाह घर भएका २१ वर्षीय राहुल प्रसाद रहेका छन् ।उनीहरू मध्ये कस्मिर र निशान्तलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ७५ ग्राम ७ सय ८० मिलिग्राम सहित बिहीबार तथा उपेन्द्र, अभिषेक, सरला र राहुललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५४ ग्राम सहित शनिबार पक्राउ गरेको हो । पक्राउ मध्ये राहुललाई पर्साबाट र अन्य ५ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट नगद १ लाख ६० हजार रूपैयाँ, डिजिटल तराजु र मोबाइल ६ थान समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८३-०५-२२

झापा, झापा गाउँपालिका-५ सिमलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-६ शरणामती बस्ने २५ वर्षीय प्रेम प्रसाद खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी झापा, अर्जुनधारा नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ३३ वर्षीय सागर दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले मे.१ ह २४४३ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक सागरलाई पक्राउ गरेको हो ।  यसैगरी झापा, भद्रपुर नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम सहित बिर्तामोड नगरपालिका-२ बस्ने २१ वर्षीय जनक माझीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ जनकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय २० मिलिग्राम र नगद २५ हजार ४ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१४ पहली बस्ने २६ वर्षीय बसन्त खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय २० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २७ वर्षीय राजेश कुमार थारूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मोरङ, कानेपोखरी गाउँपालिका-५ बाँसबारी बस्ने २४ वर्षीया जमुना चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ३० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले जमुनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका- ९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ सय एम्पुल, प्रोमेथाजाइन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय आलम परवेज  र २१ वर्षीय हुसेन अंसारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले युपी ५६ बिसि ५५४८ नम्बरको कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०५-२१

झापा, झापा गाउँपालिका-५ सिमलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्राम  सहित बिर्तामोड नगरपालिका-२ सोमबारे बस्ने २५ वर्षीय सनम शेर्मा लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामती समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    बाँके, कोहलपुर नगरपालिका-९ भवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने प्रेम बहादुर गुरूङ समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले प्रेम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी बाँके, कोहलपुर नगरपालिका-१४ पार्बतीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१४ बस्ने २७ वर्षीय दयाराम हरिजन र ३० वर्षीय भरत दरै रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, पर्सागढी नगरपालिका-३ बस्ने ६० वर्षीय गोरे लामालाई अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले गोरेको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।   यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा करैयामाई गाउँपालिका-३ बजनी टोल बस्ने २२ वर्षीय सरोज कुमार यादव र २१ वर्षीय बिशाल गुप्ता रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले मधेश प्रदेश ०३-०३७ प ६०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ नयाँ बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय अभिषेक भुलोन, मनहरी गाउँपालिका-३ डोढे बस्ने २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले बा.प्र.०३-००३ प ७८१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-२ बस्ने २५ वर्षीय राजकुमार विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणढबाट पोखरातर्फ आउँदै गरेको ग.प्र.०१-००१ ख ००८४ नम्बरको ईभी माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की,  पोखरा महानगरपालिका-५ डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय सन्दिप उपाध्यायलाई नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, बुप्रेनोर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८ एम्पुल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-६ सुन्दर नगर बस्ने २९ वर्षीय कृष्ण थापा र २३ वर्षीय केशव उपाध्याय रहेका छन् । प्रहरी बिट अमरथबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१५ जानकी टोलस्थित खाजा चौतारी रेष्टुरेन्ट एण्ड क्याफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम सहित सोही रेष्टुरेन्टमा काम गर्ने रूकुम पश्‍चिम त्रिवेणी गाउँपालिका-८ घर भएका २३ वर्षीय वीर बहादुर खड्कालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त रेष्टुरेन्ट तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  मोरङ, उर्लाबारी नगरपालिका-२ बल्लु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  २ ग्राम ८० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय सुक राज दर्जी र २२ वर्षीय सुदिप धिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुक राजको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम र सुदिपको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ प्रगती टोल बस्ने ३७ वर्षीय हिक्मत खड्काको नास्ता पसलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५१ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले हिक्मतको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।