अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३८ जना पक्राउ
२०८३-०५-२९
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ हजार ८ सय ९५ ट्याब्लेट सहित ललितपुर गोदावारी नगरपालिका-१३ घर भएका २३ वर्षीय सिर्जन रम्तेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ लिकमार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय १० मिलिग्राम र नगद ५ हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ लिकमार्ग बस्ने रामेछाप घर भएका २७ वर्षीय विपिन श्रेष्ठ र काठमाडौं वनस्थली बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २० वर्षीय प्रकाश गैरे रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । साथै थप अनुसन्धानको क्रममा लागूऔषध कारोबारमा संलग्न रहेका काठमाडौं जोरपाटी बस्ने लमजुङ घर भएका २९ वर्षीय युसुद मिया र काठमाडौं महानगरपालिका-२३ ओम बहाल बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३१ वर्षीय महोमद गुफरानलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ९ सय ६० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं, महानगरपालिका-१७ धोबिचौरबाट अवैध लागूऔषध पोलेन ५५ ग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने धादिङ धुनिबेसी गाउँपालिका-७ घर भएका १९ वर्षीय रन्जन विसुङखे, काठमाडौं कुश्लेचौर बस्ने दोलखा मैनापोखरी गाउँपालिका-८ घर भएका ४० वर्षीय अमृत लामा र गोरखा घर भएका ३५ वर्षीय रमेश गुरूङ रहेका छन् । प्रहरी वृत्त लैनचोरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका-१३ ताहचालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७ ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ ओमबहाल बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका २३ वर्षीय सुवास तामाङ र काठमाडौं काँडाघारी बस्ने ओखलढुङ्गा घर भएका २१ वर्षीय महेश कटुवाल रहेका छन् । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्राम सहित दमक नगरपालिका-७ बस्ने २७ वर्षीय रबिन कटवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बिर्ताबजार बस्ने २० वर्षीय सुमन कर्मकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने ३२ वर्षीय राजन कामत र सोही महानगरपालिका-३ बस्ने ३१ वर्षीय बिशाल अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ९० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बोहोरा गाउँ बस्ने ३४ वर्षीय जिबन बोहोरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कुसलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय राज राई र इलाम देउमाई नगरपालिका-६ बस्ने २८ वर्षीय मदन सुवेदी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, हरिनगर गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३ सय ३० मिलिग्राम र नगद २५ हजार ४ सय ६५ रूपैयाँ सहित सोही गाउँपालिका-५ सुकसैना बस्ने ५५ वर्षीय श्रीदेव भन्ने श्री नारायण मेहतालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले प्र.१-०२-०५८ प ८३७२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ सिर्जनाटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अनिश श्रेष्ठ समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले अनिशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय राम लक्षी राना र २० वर्षीय बिशाल राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले रामको घर तलासी गर्दा २ ग्राम ८ सय ७० मिलिग्राम र बिशालको घर तलासी गर्दा १ ग्राम ९ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ वनपुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम सहित
सोही गाउँपालिका-२ चन्दनबस्ती टोल बस्ने २२ वर्षीय गणेश साउँद समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले गणेशले प्रयोग गरेको सु.प.प्र.०१-०११ प २०५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध स्पास्मो ८० ट्याब्लेट र नाइट्राजेपाम १ सय ट्याब्लेट सहित चितवन भरतपुर महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुर्य थापालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले त्रिबेणीबाट बर्दघाटतर्फ आउँदै गरेको बा.प्र.०३-०३ प २४५१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पाल्पा, तानसेन नगरपालिका-३ बसन्तपुर डेरा गरी बस्ने तानसेन नगरपालिका-१० गणेशसाल घर भएका ३२ वर्षीय सुनिल पौडेललाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम २७ ट्याब्लेट, स्पास्मो २३ ट्याब्लेट र नगद ३ हजार ५ सय रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बस्ने २० वर्षीय आकाश गिरी समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले सोही उपमहानगरपालिका-१४ बाबु गाउँ बस्ने २४ वर्षीय सुनिल कुमार नाउलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित पक्राउ गरेको छ ।
सिराहा, गोलबजार नगरपालिका-१२ बेतौनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९७ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय भुनेश्वर मण्डल, २६ वर्षीय बिरेन्द्र कुमार सिंह, २० वर्षीय अरबिन्द कुमार सिंह र ३३ वर्षीय रितेश यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-११ उरहरीस्थित हेयर सैलुनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय दीपक बिक, सोही उपमहानगरपालिका-१२ बस्ने २१ वर्षीय आकाश चौधरी, २४ वर्षीय ध्यानी बाँठा मगर र सोही उपमहानगरपालिका-११ बस्ने २० वर्षीय राजन केसी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दीपकको सैलुन पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।