अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०६-१३
- A
- A-
- A+
ललितपुर, ललितपुर महानगरपालिका-४ र ५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५८ ग्राम, डिजिटल तराजु १ थान र नगद ९० हजार रूपैयाँ सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा हल्दिबारी गाउँपालिका-५ घर भएका ४७ वर्षीय सुरज दाहाल र सिराहा सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भएका २२ वर्षीय कालिन्द्र प्रसाद यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-८ हर्चना बस्ने २९ वर्षीय यादव विक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।