प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ

२०८३-०६-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ सतुगंलबाट अवैध लागूऔषध खैरो हेरोइन २८ ग्राम ५ सय मिलिग्राम र नगद ७ लाख रूपैयाँ सहित लमजुङ बेसीशहर नगरपालिका-२ घर भएका २७ वर्षीय विक्रम गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागुऔषध बिक्री गर्ने भारत पश्चिम बंगाल घर भएकी ५० वर्षीया प्रिया भुजेललाई समेत प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन १ सय ८२ ग्राम सहित चन्द्रागिरी नगरपालिका-१२ बाट पक्राउ गरेको छ ।  

यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ६० मिलिग्राम सहित काठमाडौं बल्खु बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका १९ वर्षीय रोहित गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८६ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

मोरङ, उर्लाबारी नगरपालिका-४ बानडाँडा बस्ने १९ वर्षीय सुमन तोलाङ्गी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सुमनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय निशान श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध अफिम (चोप) २ किलो ९ सय ७० ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका-३ घर भएका ४५ वर्षीय आईत सिंह जिम्बा र उनकै श्रीमती ४५ वर्षीया रोशनी राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेडौंडा उपमहानगरपालिका-९ शान्तिटोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१३ पदमपोखरी घर भएका २४ वर्षीय अजय गोले समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४२ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले अजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ रजैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८४ मिलिग्राम सहित हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानी बस्ने ३० वर्षीय अभिषेक थिङ समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ बस्ने मनहरी गाउँपालिका-४ शान्ति टोल घर भएका ३३ वर्षीय उमेश थिङ समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ११ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना. ४१ प ६८४४ नम्बरको स्कुटर समेत बरामद गरेको छ । 

कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अभिसेक रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश बहादुर पाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, भजनी नगरपालिका-५ कुटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय अमित चौधरी समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-८ सागुनघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-८ घर भएका ३२ वर्षीय निरजंग शाही र सोही गाउँपालिका-४ घर भएका २४ वर्षीय जानस कामी रहेका छन् । प्रहरी चौकी कालिका समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, गोदावरी नगरपालिका-१३ झरूवारासीबाट अवैध लागूऔषध पोलेन २ किलो ६ सय २७ ग्राम, गाँजा १ किलो ९२ ग्राम र डिजिटल तराजु १ थान सहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके, बैजानाथ गाउँपालिका-१ च्यामाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय खिम बहादुर सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही ठाउँ बस्ने २० वर्षीय अजय मल्लको समेत संलग्नता रहेको खुल्ना आएपश्चात प्रहरीले अजयलाई सोही गाउँपालिका-१ हरियाली चोकबाट पक्राउ गरेको हो । 

भक्तपुर, भक्तपुर नगरपालिका-७ गोल्मढीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २७ ट्याब्लेट सहित भक्तपुर सूर्यबिनायक बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका २० वर्षीय बिनोद तामाङ समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०१९ प ८१२६ नम्बरको स्कुटर समेत बरामद गरेको छ । 

सुनसरी, धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रोहित श्रेष्ठ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र स्पास्पेन ६० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले रोहितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०६-१५

सिन्धुली, कमलामाई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ५१ ग्राम ६ सय ८० मिलिग्राम सहित रामेछाप मन्थली नगरपालिका-१२ घर भएका ३१ वर्षीय बाबुराम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.५१ प १८९१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । कैलाली, लम्कीचुहा नगरपालिका-४ खल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय भरत डम्बर पाल समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-४ बस्ने १९ वर्षीय सेरे भन्ने सुरेश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेबजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूवी भ्याली गाउँपालिका-५ बस्ने २१ वर्षीय जुन तामाङ र नीलकण्ठ नगरपालिका-१२ बस्ने २१ वर्षीय बासुदेव नेपाली रहेका छन् । अस्थायी प्रहरी पोष्ट खहरेबाट खटिएको प्रहरीले रूवी भ्यालीबाट धादिङबेसीतर्फ जाँदै गरेको बा.९३ प ५१७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०६-१४

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्‍ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ रजेना बस्ने २५ वर्षीय करण राज अधिकारी र सोही नगरपालिका-११ बस्ने २५ वर्षीय मिन बहादुर रोकाय रहेका छन् । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-९ रातोपुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र काठमाडौं मैतीदेवी बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका  २२ वर्षीय अजय रेग्मी मगर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५४ प ९३४९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित एक होटलबाट अवैध लागूऔषध खेरो हेरोइन ८ सय ८ ग्राम सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच घर भएका २१ वर्षीय रिजवान अहमद इदरीशी, २६ वर्षीय रफत खान र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३२ एफएच २६७९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुना चेक पोष्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-३ बस्ने २३ वर्षीय बिरेन्द्र केसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ घारिपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल र डाईजेपाम १० एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना मल्ल र सोही महानगरपालिका-१७ बिरौटा बस्ने २५ वर्षीय सवन गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २२ वर्षीय सुरेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-१६ मुस्कानचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय निकेश रितेश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बसपार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ५ सय ट्याब्लेट, नाइट्राजेपाम ८ सय ५० ट्याब्लेट, डाईजेपाम १ हजार ४ सय ५० एम्पुल र प्रोमेथाजाइन ९ सय ९० एम्पुल सहित महोत्तरी पिपरा गाउँपालिका-५ सहोरबा बस्ने ४३ वर्षीय बिजय कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ ज.उ.म.न.पा.१ ख ०१०८८ नम्बरको अटोमा सवार व्यक्तिहरू भागी फरार भएपश्चात अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक बिजय कुमारलाई पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित कालिका डेरी नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २१ वर्षीय राजिब नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने २१ वर्षीय राजेश चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ ओदालीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय गगन जैशी समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २५ वर्षीय सुधिर शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ पिपलटोल बस्ने ३३ वर्षीय अनित राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले अनितलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ । सिराहा, सिरहा नगरपालिका-१४ खिरौनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित मिर्चैया नगरपालिका-११ गदहवा टोल बस्ने २४ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स. ६ प ३८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो दिखिने पदार्थ ८ ग्राम ७ सय ७० मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ३० वर्षीय सन्तोष क्षेत्री समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बबईबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०१-००२ ज ०८६१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१४

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ग्राम सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोजन सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी छिन्नमस्ता गाउँपालिका-४ बस्ने ३२ वर्षीय कृष्ण कुमार यादव र २१ वर्षीय देबेन्द्र यादव रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सप्तरी, सप्तकोशी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ७५ ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनरूप नगरपालिका-८ बस्ने २८ वर्षीय शिव नारायण यादव, महादेवा गाउँपालिका-३ बस्ने २३ वर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका-१० बस्ने ४८ वर्षीय उपेन्द्र यादव रहेका छन् । प्रहरी चौकी फत्तेपुर समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्र.३-०२-००८प ७०४८ नम्बरको मोटरसाइलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०६-१३

ललितपुर, ललितपुर महानगरपालिका-४ र ५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५८ ग्राम, डिजिटल तराजु १ थान र नगद ९० हजार रूपैयाँ सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा हल्दिबारी गाउँपालिका-५ घर भएका ४७ वर्षीय सुरज दाहाल र सिराहा सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भएका २२ वर्षीय कालिन्द्र प्रसाद यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-८ हर्चना बस्ने २९ वर्षीय यादव विक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०६-१३

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय अनिल राना र २२ वर्षीय हरि राम राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ७० मिलिग्राम सहित बेलौरी नगरपालिका-९ अण्डैया बस्ने २६ वर्षीय दिनेश डगौरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झिलमिला समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ जुरेथुम डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ दाबीले बस्ने ३३ वर्षीय विधान भुजेल र २५ वर्षीय सरोज मिश्र रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ छटिमाई टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय रोशन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  मोरङ, रतुवामाई नगरपालिका-५ कसेनि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९५ मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गोविन्दपुर बस्ने २० वर्षीय मो. साकिम र २० वर्षीय मो. साहिल रहेका छन् । अस्थायी प्रहरी चौकी डाम्राभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.९ प ५८५८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।   नवलपरासी पश्‍चिम, प्रतापपुर गाउँपालिका-८ गंगापुर अडारेटोल बस्ने ६८ वर्षीया चम्पा गुप्ता तेलीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५७ किलो ६ सय ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारी समेतबाट खटिएको प्रहरीले चम्पाको घर तलासी गर्दा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा जस्तो देखिने पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   सुनसरी, धरान उपमहानगरपालिका-१९ बस्ने ३० वर्षीय मनिष योगीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम २ सय ७० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१२ खनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय सुमित गुरूङ समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, धनगढी उपमहानगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय दिपेन्द्र थापा समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०६-१२

झापा, मेचीनगर नगरपालिका-६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २३ वर्षीय सुरेश उरावलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय प्रमोद शाह र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय राज बिष्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.५ प ४४१३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्लेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २९ वर्षीय रोहन सिंहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका २४ वर्षीय सुरज साहले बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ सुकुम्बासी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय शरण कार्की र भीमफेदी गाउँपालिका-५ बस्ने २७ वर्षीय मिलन स्याङ्बो रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० भुटनदेबी बस्ने २९ वर्षीय दिप लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-४ बाबुराम टोल बस्ने ३२ वर्षीय योगेश लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ ट्याब्लेट र डाइक्लोमाइन १ सय ८५ ट्याब्लेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ६० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१३ बस्ने ३३ वर्षीय राजु विश्वकर्मालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, बिन्दाबासिनी गाउँपालिका-४ अमरपट्टीबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित भारत मोतिहारी सिस्वा पञ्चायत बस्ने ६५ वर्षीय प्रेत रायलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका-८ बफै बस्ने २२ वर्षीय अजय कुमार मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-१९ गैरी गाउँ बस्ने २३ वर्षीय पुजन श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-१ बस्ने २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिष माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।