अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०६-२०
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ जगडोल पानी ट्याङ्कीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५९ ट्याब्लेट सहित बुढानिलकण्ठ नगरपालिका-११ कपन खरीबोट बस्ने खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ घर भएका १९ वर्षीय डवाङ सोनाम शेर्पालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय योगेन मगरलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका-७ बेलगौडे बस्ने ३१ वर्षीय धिरेन मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले धिरेनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ भेटघाट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय २० मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय अनिस श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले को.१५ प ६३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय अनिश शाक्य समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-५ होक्लाबारी पैनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २५ ग्राम १५ मिलिग्राम सहित भारत किशनगंज दिघलबैंक मोहमारी बस्ने २८ वर्षीय फिरोद आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-५ खाताबस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६७ मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष चौधरी, ३० वर्षीय बिकास चौधरी र झापा गाउँपालिका-५ बस्ने २७ वर्षीय संजय दनुवार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकँरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-७ घर भएका ३६ वर्षीय अर्जुन महत र तातोपानी गाउँपालिका-८ घर भएका २७ वर्षीय नकुल शाही रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहरा रानागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुरेश रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २६ वर्षीय बिशाल बिष्ट, सोही नगरपालिका-२ बस्ने ३४ वर्षीय राम बहादुर शाही र सोही नगरपालिका-५ बस्ने २१ वर्षीय बिज्ञान भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०११ प ६७१४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध स्पास्पेन १० ट्याब्लेट र ट्रामाडोल ४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय रवि खड्का समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाथलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।