अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०६-१८
- A
- A-
- A+
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६१ ग्राम ९ सय ७० मिलिग्राम सहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २७ वर्षीय अरविन्द कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरी समेतबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ७८८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३१ वर्षीया सुष्मा तिमल्सिनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ५० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ थपालीपुर बस्ने २२ वर्षीय ललित राना क्षेत्रीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-१ तोङवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७ ट्याब्लेट र स्पास्पेन ७ ट्याब्लेट सहित छथरजोरपाटी गाउँपालिका-६ बस्ने २७ वर्षीय शान्तिराम थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ मिलिग्राम सहित सोही गाउँपालिका-६ कटेज चोक बस्ने २६ वर्षीय सन्तोष हेमरमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
गोरखा, गोरखा नगरपालिका-११ बाह्रकिलोबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल सहित सोही नगरपालिका-९ लक्ष्मीबजार बस्ने २५ वर्षीय सन्तोष सुनार समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले मझुवादेउरालीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा.१९ प २५९९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २० वर्षीय निरक शाही समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले निरकको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-११ बस्ने ३६ वर्षीय विशाल बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।