हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-२३
- A
- A-
- A+
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-५ सोनारपट्टी दाहा चोक बस्ने २४ वर्षीय आमिन साफीको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय मोहमद ईलसाद खानलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोहमद ईलसादले पुरानो रिसिबको कारण आमिनलाई जनकपुरधाम उपमहानगरपालिका-५ रहिम पथ नजिकै धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका आमिनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार बेलुकी मृत्यु भएको हो । साथै मोहमदले धारिलो हतियार प्रहार गर्दा घाइते भएका सोही उपमहानगरपालिका-५ बस्ने २५ ईम्तियाज राईनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।