अवैध सुन सहित तीन जना चिनियाँ नागरिक पक्राउ
२०८३-०६-२३
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगालबाट २१ किलो ७ सय ५० ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन सहित ३ जना चिनियाँ नागरिकहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल बस्ने २७ वर्षीय HAN FEI, ४७ वर्षीय ZHOU LONGQIN र ३७ वर्षीय WANG JIANZHEN रहेका छन् ।
उक्त स्थानमा चिनियाँ नागरिकहरूले घर भाडामा लिई अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नेपाली तथा विदेशी मुद्राहरू, ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग हुने मेसिन/उपकरणहरू तथा कागजातहरू समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।