प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

२०७९-०२-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार