प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०७९-०६-२२

  • A
  • A-
  • A+
Share

दाङ, दंगिशरण गाउँपालिका-५ डाँडा चिसस्थित २२ वर्षीय देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा देवराज गिरी समेत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले  उनीहरुलाई नगद ५ लाख २८ हजार ३ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार