प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेकोअवस्थामा १३ जना पक्राउ

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-४ स्थित अमृता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय बिष्णु सापकोटा समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

तनहुँ, ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय हमान सिंह थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापा सहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय २६ रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८२-०५-१५

भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ दधिकोट तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-८ बगालेटोल बस्ने ३५ वर्षीय लक्ष्मण कुवँरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मण समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।