प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०८०-०१-०२

  • A
  • A-
  • A+
Share

उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान, ५ राउण्ड गोली लोड भएको पेस्तोल १ थानसहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय कुमार भन्ने जय कुमार राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । काभ्रे पनौती नगरपालिका-५ ढलमलेमा एक व्यक्तिलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा आरोपित उनी उक्त टप्पुमा हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

रोल्पा, गंगादेव गाउँपालिका-४ डोलसिंगे बस्ने ३३ वर्षीय कृष्ण वलीको घरबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । वलीको घरमा हतियार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । मादक पदार्थ सेवन गरी गंगादेव गाउँपालिका कार्यालयको गाडी तोडफोड गरेको अभियोगमा वलीलाई चैत ३० गते प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

इलाम, रोङ गाउँपालिका-५ इलाम र झापा मेचिनगर नगरपालिका-३ को सीमानास्थित सुकेनिन्दा खोलाको बगरबाट भरुवा बन्दुक १ थान र बारुद भर्ने तार १ थान शुक्रबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुबनबाट खटिएको प्रहरीले उक्त बगरमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
विभिन्न हातहतियार र अवैध लागूऔषध सहित पक्राउ
२०८२-०३-०१

मकवानपुर, राक्सिराङ गाउँपालिका-१ ढुंगेन बस्ने ५० वर्षीय राजु स्याङ्तानलाई विभिन्न हातहतियार र अवैध लागूऔषध सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, अवैध लागूऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लाष्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान, सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका-१ ठुलोभाबर बस्ने ४२ वर्षीय विर बहादुर लामालाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल र गोली सहित दुई जना पक्राउ
२०८२-०२-०८

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय बिजय तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-०१-३०

पाँचथर, ३१ वैशाख, फाल्गुनन्द गाउँपालिका-१ उतेसेनीस्थित जंगलबाट भरूवा बन्दुक १ थान सहित फिदिम नगरपालिका-९ दरेनी बस्ने ३३ वर्षीय मन बहादुर सम्बाहाम्फेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  मन बहादुर र सोही ठाउँ बस्ने सुन्दर सारू मगर उक्त जंगलमा सिकार खेल्न जाने क्रममा बाटोमा मानिस आउँदै गरेको देखी सुन्दरले बन्दुक झाडी भित्र लुकाउने क्रममा बन्दुक पड्किँदा सुन्दर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरीले मन बहादुरलाई उक्त बन्दुक सहित पक्राउ गरी सुन्दरलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।