लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०१-०६
- A
- A-
- A+
झापा, लागूऔषध मुद्दाका फरार प्रतिवादी मोरङ उर्लाबारी नगरपालिका-१ घर भएका २८ वर्षीय उत्तम बिक भन्ने रूद्र विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको २०७८ असार ३१ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङसँग समन्वय गरी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।