स्रोत नखुलेको नगदसहित पक्राउ
२०८०-०२-०८
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका-६ डोम्बाबारीबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँसहित भारत सितामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।