प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०७८-०७-२३

  • A
  • A-
  • A+
Share

धनुषा, जनकपुर उपमहानगरपालिका-२ शिव चोकस्थित होटल जानकी राजको तेस्रो तल्लाको छतमाथि तास खेलिरहेको अवस्थामा सिरहा लहान नगरपालिका-१३ घर भई सोही होटलमा लेवरको काम गर्ने २१ वर्षीय अर्जुन कुमार साह लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ६६ हजार ९ सय रुपैयाँ, १ हजार ७ सय ५० भारतीय रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार