प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

२०८०-०३-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने  ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र  ४ बुकतास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार