प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८०-०४-१७

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार