प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८०-०४-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ घर भएका २८ वर्षीय दिपेश भक्त श्रेष्ठको दिपेश अटोलिङ्कमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

ललितपुर, गोदावरी नगरपालिका-१३ झरुवाराशीस्थित बिष्णु प्रसाद घिमिरेको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा घिमिरेसमेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त चाँपागाउबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ३ सय ५५ रूपैयाँ र  ३ बुक ताससहित पक्राउ गरेको हो । 

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार