प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

२०८०-०६-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ सामाखुसी बस्ने तनहुँ ब्यास नगरपालिका-७ घर भएका ५३ वर्षीय अम्मर गुरुङसमेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार १ सय ५० रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।  

कैलाली, गोदावरी नगरपालिका-१ लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ६७ वर्षीय बिर बहादुर ऐरसमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८५ रूपैयाँ र ५ बुक गड्डी ताससहित पक्राउ गरेको   हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार