प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

२०८०-०७-०३

  • A
  • A-
  • A+
Share

ललितपुर, महालक्ष्मी नगरपालिका-४ गजान्द टोलस्थित रेनुका राईको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका-१२ ठैव बस्ने ४५ वर्षीय सुब्बा तामाङ समेत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५० रुपैयाँसहित पक्राउ गरेको हो । 

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप आर्केट कोलोनीस्थित निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-२ घर भएका ४० वर्षीय मान बहादुर देउला समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ हजार ८ सय ३५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।  

दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।