प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक थान भरूवा बन्दुकसहित पक्राउ

२०८०-०७-१२

  • A
  • A-
  • A+
Share

बाँके, डुडुवा गाउँपालिका-६ सिखनपुर्वा बस्ने २५ वर्षीय राहुल सिंह सरदारलाई भरूवा बन्दुक १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

सरदारले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हिरमिनियाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-०५-१३

धनकुटा, चौबिसे गाउँपालिका-५ बैकुण्ठे बस्ने ४५ वर्षीय प्रेम बहादुर जोगीलाई भरूवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थान सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४४ वर्षीय भिम सुबेदीसँग बादबिवाद हुँदा मादक पदार्थ सेवन गरेका प्रेम बहादुरले आफ्नो घरमा गई  भरूवा बन्दुक ल्याई मारि दिन्छु भनी ताकेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।