स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
२०८०-०७-१३
- A
- A-
- A+
महोत्तरी, जलेश्वर नगरपालिका-७ बखरी चोकबाट स्रोत नखुलेको नगद १३ लाख २० हजार रूपैयाँसहित भारत सितामढी थाना बेला पंचायत बस्ने ४० वर्षीय अरूण पंजियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना.३ ख २८७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पंजियारलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।