जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८०-०७-१३
- A
- A-
- A+
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ कालिका फेदिस्थित डिल्लीराज कडेंलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय विमल मल्ल सहित ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २० हजार ८ सय ५० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, गैंडाकोट नगरपालिका-१ जौजुवास्थित चेतनारायण अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरसहित १० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।