प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८०-०७-१८

  • A
  • A-
  • A+
Share

कैलाली, टिकापुर नगरपालिका-२ बिकासपुर बस्ने बिकाश बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८१-०५-०७

बैतडी, पाटन नगरपालिका-४ मोहनपुरस्थित अन्नपुर्ण होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४२ वर्षीय गणेश सिंह बिष्ट समेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ७ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो डडेल्धुरा,अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने खडक बहादुर देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा खडक बहादुर समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ हजार ३ सय ५५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
२०८१-०५-०५

अछाम, कमलबजार नगरपालिका-२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय पदम थापा, सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय खडक बिष्ट, सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय मन बहादुर चलाउने, सोही नगरपालिका-१ बस्ने ४३ वर्षीय नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका-३ बस्ने २६ वर्षीय प्रेम नेपाली, सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय बिमल विक, पञ्चदेवल बिनायक नगरपालिका-५ बस्ने २४ वर्षीय जगत बहादुर शाही र बाजुरा बुढिगंगा नगरपालिका-६ बस्ने ४६ वर्षीय शेर बहादुर विक रहेका छन् । इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५१ हजार ९ सय ७५ रूपैयाँ, मोबाइल ९ थान र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र बाँकेबाट १६ जना पक्राउ
२०८१-०४-३२

काठमाडौं महानगरपालिका-२४ ईटुम्वहालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भारत कोलकत्ता घर भएका ३६ वर्षीय मन्टु भुक्ता समेत ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७३ हजार ८ सय २० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । बाँके, बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।