प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ललितपुर र कालिकोटबाट १६ जना पक्राउ

२०८०-०७-२६

  • A
  • A-
  • A+
Share

ललितपुर, ललितपुर महानगरपालिका-१४ नख्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना महिला र ३ जना पुरूष गरी जम्मा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३ हजार ४ सय २० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

कालिकोट, खाँडाचक्र नगरपालिका-३ ताडी बजार बस्ने ३९ वर्षीय जग प्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डे समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय ४० रूपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।