लिखित सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ
२०८०-०८-०६
- A
- A-
- A+
काठमाडौं, लिखत सम्बन्धी कसूर मुद्धाका प्रतिवादी काभ्रेपलान्चोक पनौति नगरपालिका-६ सुनथान घर भई हाल बनेपा नगरपालिका-७ बस्ने ६७ वर्षीय पुष्कर बहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई हकभोगको लागि दिएको काभ्रेपलाञ्चोक साविक सुनथान गाविस-८ कि. नं. ७५ क्षेत्रफल ३६-०-२-० वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात किर्ते गरेको मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले बस्नेतलाई बनेपा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।
काभ्रेपलान्चोक जिल्ला अदालत धुलिखेलबाट लिखत सम्बन्धी कसूर मुद्दामा म्याद थप भई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।