स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ
२०८०-०८-११
- A
- A-
- A+
काठमाडौं,
काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।