प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ केजी ७ सय ग्राम गाँजासहित एक जना पक्राउ

२०८०-०८-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २१ वर्षीय विवेक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गेरको छ । 

उनले लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बोरामा लुकाइ ल्याउँदै गरेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०४-१५

काठमाडौं महानगरपालिका-२६ सामाखुशी टाउनप्लानिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९ ग्राम २ सय २० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ८२ हजार ६ सय ३५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने झापा मेचीनगर नगरपालिका-१० घर भएका ३३ वर्षीय शंकर राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग  गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ पिपलामोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ७ सय ६० ट्याब्लेट र नगद ६० हजार रूपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बिन्दबासिनी गाउँपालिका-९ बस्ने २० वर्षीय राज कुमार पटेल र सोलुखुम्बु घर भएका १८ वर्षीय किशोर रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०२-०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा.७२ प ६६२७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामानिल १ हजार १ सय २० ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-११ घर भएका ३४ वर्षीय आशिष विक, ३० वर्षीय मनबिर गुरुङ र पोखरा बस्ने तनहुँ घर भएका १७ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त स्थानमा पार्किङ गरी राखेको ग.१ ख ३९६१ नम्बरको माईक्रो भ्यान तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक आशिष विक सहित ३ जनालाई  पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-२ नाम्यागेलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ नाम्यागेल बस्ने कालिकोट घर भएका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोक घर २४ वर्षीय सूर्य लामा र काभ्रेपलाञ्चोक खानिखोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय बिमल मगर रहेका छन् । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २६ वर्षीय विशाल चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले से.६ प २६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ श्रीरामनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० घुईयाघाट बस्ने २० वर्षीय सुरेन्द्र रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  कास्की, पोखरा महानगरपालिका-६ नारेश्वरबाट अवैध लागूऔषध गाँजा ५ किलो ४० ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका-५ शिखरसी घर भएका २४ वर्षीय बिक्रम परियारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक पाइपलाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५० ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएका ३६ वर्षीय रमेश दाहाल र काभ्रे मण्डन देउपुर नगरपालिका-६ घर भएका २७ वर्षीय नबिन चौलागाई रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-६ केउलानीस्थित अजय चाइनिज फास्ट फुड पसलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६२ क्याप्सुल सहित पसलका संचालक सोही ठाउँ बस्ने ४५ वर्षीय अजय ठाडा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिबेणीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  बारा, फेटा गाउँपालिका-१ भलुहिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४७ ग्राम १ सय ८० मिलिग्राम सहित विश्रामपुर गाउँपालिका-१ घोडासाहन बस्ने २२ वर्षीय अजमुल हक अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-२ पानी ट्याङ्की बस्ने २३ वर्षीय कृष्ण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङ्गेटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.५ प ३३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-०४-१४

  झापा, भद्रपुर नगरपालिका-३ झुलुङ्गे पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४४ मिलिग्राम सहित हल्दिबारी गाउँपालिका-२ बस्ने २३ वर्षीय राजिब कुमार राजवंशीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प २५८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय ४० मिलिग्राम सहित भारत बहराईज मोतिपुर थाना बलेगाउँ बस्ने ५० वर्षीया जगदैया देवी थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०४-१४

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय १० मिलिग्राम, गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँ सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रूपन्देही, देबदह नगरपालिका-१० चरङेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देबदह नगरपालिका-१० भलुही बस्ने २४ वर्षीय सागर विक, ३१ वर्षीय हेमन्तसिंह पुन र भारत उत्तर प्रदेश सिद्धार्थनगर केरार्थ-१ बस्ने २५ वर्षीय प्रभुराम ओझा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, सिम्रौनगढ नगरपालिका-६ बाट अवैध लागूऔषध ट्रामाडोल १० हजार ३ सय ८० ट्याब्लेट सहित भारत पुर्वी चम्पारण बिहार जितना ग्राम पञ्चायत अगर्वा-६ कोडीगावा टोल बस्ने ५० वर्षीय उपेन्द्र साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले बिआर ०५ बि के ७०३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट र स्पास्मो  ५ सय ४० ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय राजु शर्मा र उनकै श्रीमती ३२ वर्षीया रिता शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले राजुको गोठ तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-६ बस्ने २४ वर्षीय कुमार राईलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको           छ । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-१७ बस्ने २९ वर्षीय सोबित तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०४-१३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरोको छ । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका-११ बस्ने २२ वर्षीय जलिल अहमत सई र ३१ वर्षीय प्रेम राईदास रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ५५२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।सुनसरी, ईनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-६ बस्ने ३६ वर्षीय प्रविन तामाङ र मोरङ उर्लाबारी नगरपालिका-१ बस्ने २४ वर्षीय किरण बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २७ ग्राम ९ सय मिलिग्राम सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार खजुरवाड जोगवनी-५ बस्ने ३० वर्षीय मोहम्मद रिजवान, ३५ वर्षीय मोहम्मद इकरार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३५ वर्षीय सरोज बास्तोला र सर्लाही ईश्वरपुर नगरपालिका-१४ बस्ने ४१ वर्षीय अशोक हिङमाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ६०४२ नम्बरको हायसमा सवार मोहम्मद रिजवान र मोहम्मद इकरारलाई करिब ११ ग्राम ५ सय मिलिग्राम तथा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०१-००१ ख ४५३६ नम्बरको हायसमा सवार सरोज र अशोकलाई करिब १६ ग्राम ४ सय मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ रामधुनी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१८ सिमले बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-०४-१२

सुनसरी, धरान उपमहानगरपालिका-१५ बद्रिनाथ मार्गस्थित ट्याटु हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम र ट्रामाडोल १ हजार ५४ ट्याब्लेट सहित ७ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय योजन राई, २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, १९ वर्षीय असिम राई र सोही उपमहानगरपालिका-८ बस्ने २४ वर्षीय सोमत राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले योजनले संचालन गरेको उक्त ट्याटु हाउस तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । दाङ, तुलसीपुर उपमहानगरपालिका-७ मोतिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित  सल्यान कपुरकोट गाउँपालिका-३ पैयाँवारी बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गरिरहेको छ ।   कास्की, पोखरा महानगरपालिका-२६ डाडाँकोनाकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्राम सहित तनहुँ म्यादे गाउँपालिका-१ गुणादी बस्ने ३८ वर्षीय कमल थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ८५४९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेक हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-७ घारीपाटनबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४६ एम्पुल, बुप्रेनोर्फिन ४६ एम्पुल र प्रोमेथाजाइन ४७ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने दाङ तुलसीपुर घर भएका २० वर्षीय भुपेन्द्र विक र नुवाकोट बिदुर नगरपालिका-९ घर भएका ३० वर्षीय रवि मिजार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो  कैलाली, जानकी गाउँपालिका-७ खल्ला गलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बर्दिया, मधुवन नगरपालिका-८ लालिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित कैलाली बर्दगोरिया गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले नेपालगंजबाट कैलालीतर्फ जाँदै गरेका भे.६ प ६२२८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-१६ लामाचौर बस्ने २४ वर्षीय सन्तोष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९१९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०४-११

सिराहा, नवराजपुर गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम ३७ मिलिग्राम सहित भारत मधुवनी ग्राम पञ्यायत बिरपुर-९ बस्ने ३८ वर्षीय श्याम सुन्दर पासवानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सिराहा, सिरहा नगरपालिका-१५ बुधौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्राम सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश महरा, सोही नगरपालिका-१३ फुलबरिया बस्ने २० वर्षीय सतिश यादव र सोही नगरपालिका-२० सिकाज्योती बस्ने २४ वर्षीय रमन कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय माडर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०१-००४ प ६९६१ नम्बरको मोटरसाइकलमा सवार मुकेश तथा म.प्र.०१-००४ प ९८६२ नम्बरको मोटरसाइकलमा सवार सतिश र रमन कुमारलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-३ बस्ने २२ वर्षीय राजकुमार बादीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ भद्रपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७ ग्राम १ सय मिलिग्राम सहित भारत किसनगंज कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लामलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उक्त पदार्थ सहित नियन्त्रणमा लिने क्रममा घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा थप उपचारको लागि पठाइएको छ । कास्की, माछापुच्छ्रे गाउँपालिका-३ नेपाली टोलबाट अवैध लागूऔषध गाँजा १ किलो ७ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, मधुबन नगरपालिका-८ कुसुम्बा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ठाकुरबाबा नगरपालिका-१ घर भएका ३६ वर्षीय कबिराम सुनारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णालीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ सघापुर बस्ने ४५ वर्षीय भगौती रैदासलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय याङ राई र सोही ठाउँ बस्ने मोरङ केराबारी घर भएका ४० वर्षीय बुद्धि बहादुर ठकुरी रहेका छन्  । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले याङ राईको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । पर्सा, पकहाँ मैनपुर गाउँपालिका-१ धोरेबाट नियन्त्रित लागूऔषध नोर्फिन १ सय ५० एम्पुल र ट्रामाडोल १ सय ५० ट्याब्लेट सहित सोही गाउँपालिका-४ मधुवनी बस्ने २५ वर्षीय दिलिप सहनीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरी चौकी धोरेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब १९ किलो ८ सय ग्राम सहित सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-२ बस्ने १९ वर्षिय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९४३० नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।