प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०८०-०९-११

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-८ सिफल डेरा गरी बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-४ घर भएका ५० वर्षीय रोहित गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत २१ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ११ हजार ३ सय रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार