प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०७८-०८-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएकी  ३१ वर्षीया बिनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार