प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०८१-०२-०३

  • A
  • A-
  • A+
Share

 काठमाडौं, जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका २ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी पिपरा गाउँपालिका-५ घर भई काठमाडौं कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-९ घर भई काठमाडौं बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् । 

काठमाडौं कलंकीस्थित लोमस गेष्ट हाउसमा २०८० भदौ २९ गते पीडितलाई पटक पटक जबरजस्ती करणी गरी फरार रहेका उनीहरूमध्ये सौरभलाई काठमाडौं बाफल र साजनलाई काठमाडौं ठमेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०४-०४

  दाङ, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  डडेल्धुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका-१ स्यालकोट बस्ने ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कठायतले ती बालिकालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।