किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०२-०७
- A
- A-
- A+
काठमाडौं, किर्ते जालसाजी मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ५० वर्षीय अशोक सिंहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७० वैशाख २५ गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा १५ हजार ४ सय १२ रूपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेका सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कालिमाटीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।