प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित तीन जना पक्राउ

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, तनहुँ, म्याग्दे गाउँपालिका-५ धारापानी बस्ने २२ वर्षीय धन बहादुर आलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेटसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । आलेले आफ्नै घरमा लागुऔषध बिक्रीबितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४६ ट्याव्लेटसहित काठमाडौं महानगरपालिका-३ बस्ने २१ वर्षीय हेनिस अधिकारीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त टोलीले रक्सौलबाट वीरगंज बजारतर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित सुन्दरहरैंचा नगरपालिका-८ बस्ने ३० वर्षीय निशान पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-०९-१८

कञ्चनपुर, बेलौरी नगरपालिका-२ बैजुडाँडास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय २० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-५ गुलरीया बस्ने २७ वर्षीय गणेश बहादुर खड्का र ३३ वर्षीय चेतराज भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१० प १३२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रह्मदेवस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश बुढालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित जुम्ला चन्दननाथ नगरपालिका-९ बस्ने २२ वर्षीय केशव गिरी र बाँके जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय मुराद खाँ लाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-११ भोजाडचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्टेगन १ सय ट्याब्लेट सहित भरतपुर महानगरपालिका-७ बस्ने २० वर्षीय बिपिन परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी बिट भोजाडबाट खटिएको प्रहरीले पदमपुरबाट बिशालचोकतर्फ आउँदै गरेको ना.१ ज ६७५४ नम्बरको म्याजिकमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा कालिका नगरपालिका-२ पदमपुर बस्ने २८ वर्षीय सागर भण्डारीलाई नियन्त्रणमा लिई भण्डारीले सोही ठाउँ बस्ने उनको मामा ५३ वर्षीय भुपाल पौडेलको घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २१ हजार ३ सय ६० ट्याब्लेट, स्टेगन २१  हजार २ सय ६० ट्याब्लेट र नगद २१ हजार ५ सय ३० रूपैयाँ फेला पारी भण्डारी र भुपाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।  झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय ७० मिलिग्राम सहित मोरङ पथरीशनिश्चरे नगरपालिका-९ बस्ने ३१ वर्षीय जित बहादुर चौहान र सोही नगरपालिका-४ बस्ने २४ वर्षीय सुजित राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीटंकीबाट काँकरभिट्टातर्फ सिटीरिक्सामा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० नारायणी मल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-५ भैराङ बस्ने ३० वर्षीया अंजली गोले र हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने ५१ वर्षीया ज्ञानुमायाँ गोले रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ
२०८१-०९-१७

सुनसरी, धरान उपमहानगरपालिका-२० खैरे खोलाबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलो ४ सय ५ ग्राम सहित ३ जनालाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदिप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन् । अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३१५८ नम्बरको पिकअपबाट ४ वटा बोरामा रहेको उक्त गाँजा फेला पारी चालक कमल, सहचालक राजु र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ६० किलो गाँजा सहित तीन जना पक्राउ
२०८१-०९-१७

मोरङ, जहदा गाउँपालिका-१ धुनीबस्तीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५५ किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने २४ वर्षीय राहुल विक र  धनकुटा सहिदभूमि गाउँपालिका-६ बस्ने १९ वर्षीय सुरज राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको को.१ च ९५८२ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक राहुल र स्कारपियोमा सवार सुरजलाई पक्राउ गरेको हो ।सप्तरी, राजगढ गाउँपालिका-३ झौहरा चोकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित महादेवा गाउँपालिका-८ बस्ने २४ वर्षीय देबेन्द्र कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झुट्कीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको प्र.२-०१-००३ प ८७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०९-१७

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित बेलबारी नगरपालिका-२ बस्ने ३७ वर्षीय सन्तोष पौडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  उदयपुर, कटारी नगरपालिका-४ कटारी बजारबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ३४ ट्याब्लेट, स्पास्पेन ४ सय १३ ट्याब्लेट, मोबाइल ६ थान र नगद ८ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय बिनय सुनुवार समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर पुलनजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित गोदावरी नगरपालिका-३ बस्ने २७ वर्षीय दिपक सुवेदीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय निराजन बिष्टलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१३ पावरहाउस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय २० मिलिग्राम सहित सोही महानगरपालिका-२९ बस्ने ६१ वर्षीय ठाकुर प्रसाद साह कानुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश २-०३-०२० प ८७२४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-१ फोरलाईन पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित भिमदत्त नगरपालिका-१० बस्ने २४ बर्षीय विमल बिष्ट समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट झोलुङ्गे र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले म.१ प ७०४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर बस्ने २७ वर्षीय कमल थापा र २३ वर्षीय राहुल थारूलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले राहुलको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।