प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एक थान कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०८१-०३-३०

  • A
  • A-
  • A+
Share

बारा, महागढीमाई नगरपालिका-११ बस्ने ४० वर्षीय राम कृपाल साह र २४ वर्षीय समसुदिन अंसारीलाई १ थान कटुवा पेस्तोल सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू बीच एकआपसमा झैंझगडा हुँदा दुवै पक्षलाई प्रहरी चौकी बरियापुरमा ल्याई छलफल गराउने क्रममा उनीहरूले महागढीमाई नगरपालिका-११ मधुरी गाउँ स्थित आँपको रूखमुनी कटुवा पेस्तोल गाडी राखेको खुल्न आए पश्चात प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो । साथै अनुसन्धानको लागि समसुदिनको बुवालाई समेत प्रहीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-०५-१३

धनकुटा, चौबिसे गाउँपालिका-५ बैकुण्ठे बस्ने ४५ वर्षीय प्रेम बहादुर जोगीलाई भरूवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थान सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४४ वर्षीय भिम सुबेदीसँग बादबिवाद हुँदा मादक पदार्थ सेवन गरेका प्रेम बहादुरले आफ्नो घरमा गई  भरूवा बन्दुक ल्याई मारि दिन्छु भनी ताकेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।