प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ

२०८१-०५-०९

  • A
  • A-
  • A+
Share

जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ

झापा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका छन् । 

अनिश, सरोज र केशवले ती किशोरीलाई अर्जुनधारा नगरपालिका-८ नयाँ बजारस्थित बाख्रा हटिया लाग्ने स्थानको फलैचामा जबरजस्ती करणी गरेको र सुनिल, सुदिप, सुजन र २० वर्षीय संजीव तामाङले अर्जुनधारा नगरपालिका-७ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको   हो । 

प्रहरीले घटनामा संलग्न हाल फरार रहेका संजिवको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-२२

अछाम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बझाङ, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०८-१८

बर्दिया, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रशान्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-२ इभाङ बस्ने ४० वर्षीय राजिन कामीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी इभाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।