प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुटपाटमा संलग्न तीन जना पक्राउ

२०८१-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भई काठमाडौं बनस्थली बस्ने ३२ वर्षीय सरद तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-११ घर भई काठमाडौं शेषमती बस्ने २६ वर्षीय अजय तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका संचालक सरद तामाङ समेतका व्यक्तिहरूले उक्त डान्सबार एण्ड रेष्टुरेन्टमा आएका ग्राहकबाट अनुचित रकम असुल गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी जबरजस्ती रकम असुल गर्नुका साथै ज्यान लिने सम्मको धम्की दिने गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।


सम्बन्धित समाचार
थुनामुक्त गरीदिन्छु भनी रकम लिने तीन जना पक्राउ
२०८१-०९-०६

 कैलाली, लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनी रकम लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९ वर्षीय रूपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् । उनीहरूले लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरीदिन्छु भनी थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०९-०५

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका-१३ नयाँगाउँ ठेगाना भई काठमाडौं टोखा नगरपालिका-६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् । पक्राउ मध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौं बागबजारबाट र बुद्धि बहादुरलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
२०८१-०९-०४

काठमाडौं, हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा श्री बालाजी इम्पोर्ट प्रालिका संचालक गुल्मी तम्घास नगरपालिका-४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारत राजस्थान श्रीढुगरगढ घर भएका ५२ वर्षीय बस्नत कुमार राठी, काठमाडौं महानगरपालिका-१ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौं महानगरपालिका-१६ बस्ने ५२ वर्षीय सुरेश अधिकारी रहेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डी सम्बन्धी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ लाख ५० हजार रूपैयाँ र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।