प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२०८१-०६-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । 

बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार