प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२०८१-०६-२३

  • A
  • A-
  • A+
Share

उदयपुर, आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा ताप्ली गाउँपालिका-४ थाना गाउँ घर भई त्रियुगा नगरपालिका-६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंग बहादुर घिसिङ तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

जंग बहादुरले विवादको क्रममा खुकुरी प्रहार गरी प्रमिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलजलेबाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
मौरिसस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-२१

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ । बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।