प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

गर्तौलाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ  लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०७-१०

काठमाडौं, ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको संचालक एवं शेयरधनी राम बहादुरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । 

चोरीमा संलग्न दुई जना पक्राउ
२०८१-०७-१०

कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री १ थान, घडी १ थान र नगद समेत चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा भिमसेन गाउँपालिका-६ घर भई हाल कास्की पोखरा महानगरपालिका-१५ घलेचोक बस्ने ३९ वर्षीय राम बहादुर नेपाली र २६ वर्षीया गोमा गुरूङ रहेका छन् । गत कात्तिक १ गते भिम बहादुरको कोठाबाट चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको सुनको सिक्री (दुई टुक्रा पारिएको अवस्थाको) १ थान, घडी १ थान र विभिन्न कम्पनीका मोवाइल ३ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०७-१०

नवलपरासी पूर्व, देवचुली नगरपालिका-९ बिशालटार बस्ने २९ वर्षीय मिलन मानन्धरको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अर्जुनले धारिलो हतियार प्रहार गर्दा मिलन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलदले र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मिलनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  संखुवासभा, चिचिला गाउँपालिका-४ मत्क्षपोखरी बस्ने ४५ वर्षीय भिम बहादुर गुरूङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया दुर्गा माया गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुर्गाले धारिलो हतियार खुकुरी प्रहार गर्दा भिम बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिला र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
२०८१-०७-१०

काठमाडौं, वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहा, सिराहा नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।