प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

२०८१-०७-०९

  • A
  • A-
  • A+
Share

उदयपुर, त्रियुगा नगरपालिका-९ गैरून माथान टोलस्थित जंग बहादुर राईको कुखुराको फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३७ वर्षीय राजु कार्की समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १४ हजार ५ सय ७५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

मोरङ, सुनवर्षी नगरपालिका-९ भेडवाथान बस्ने कहरसिंह राजवंशीको घरमा जुवातास खेलिरहेको अवस्थामा कहरसिंह समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार रूपैयाँ, ४ बुक तास र ४ थान मोबाइल सहित पक्राउ गरेको हो । 

सिराहा, सिरहा नगरपालिका-७ स्थित थापा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ४१ वर्षीय पाण्डव मुखिया समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार २ सय ६५ रूपैयाँ, ७ बुक तास, ६ थान मोबाइल र ५ थान मोटरसाइकल सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
२०८१-०७-१२

काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-१० स्थित डेरा गरी बस्ने सोही नगरपालिका-८ घर भएका ३९ वर्षीय यम बहादुर ठकुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा यम बहादुर समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ९४ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ थकालीपुर बस्ने ३३ वर्षीय तारा शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तारा समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
२०८१-०७-११

काठमाडौं महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । काभ्रे, पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय शिव आलेमगर समेत २१ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रूपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ बेलिबजार बस्ने महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय हिक्मत थापा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार २ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहागनगरपालिका-९ बङग्राकटानस्थित खेम बहादुर शाहुको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय हरि बिष्ट समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ
२०८१-०७-०८

ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्बा घर भई काठमाडौं सुन्धारा बस्ने ३३ वर्षीय सुमन श्रेष्ठ समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ३० हजार रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-८ बसडिलवास्थित महाशारदा प्लाष्टिक एण्ड स्केप सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ओमसतिया गाउँपालिका-४ बस्ने ३८ वर्षीय रूपेश गुप्ता समेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । काभ्रे, पनौती नगरपालिका-९ रातेमाटेस्थित लक्ष्मी थोकरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ बर्षीय कान्छा राम घिसिङ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-१० थारू पर्सियास्थित खेतबारीबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय दुलारी यादव समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ हजार ८ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका-३ मुक्ति शिबिर जंगलको खुल्ला चौरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनार समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ७ सय ७२ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८१-०७-०७

काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ५२ वर्षीय सुरज महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरज समेत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख  ५४ हजार ९ सय ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । उदयपुर, चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजार बस्ने प्रवत गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रवत समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ  र ३३ बुक तास तहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानी बङ्गला बस्ने जगदिश गुप्ताको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय हरसिद्ध रस्तोगी समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ६ सय २५ रूपैयाँ र १ बुक तास पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
२०८१-०७-०६

काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।    बाँके, राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।