जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०७-११
- A
- A-
- A+
रूपन्देही, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बस्ने ४५ वर्षीय निर्मल थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।