जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०९-०३
- A
- A-
- A+
धनकुटा, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लिला बहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लिला बहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।