जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०९-०७
- A
- A-
- A+
कास्की, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई २ जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।