भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-१०-०९
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-९ हरियाली सामुदायिक जंगलबाट भरूवा बन्दुक १ थान, खकुरी १ थान, गोली जस्तो देखिने फलामको वस्तु ३३ थान, बल बेरिङ १३ थान, छर्रा २४ थान र बारूद ३ सय ५ ग्राम सहित राक्सिराङ गाउँपालिका-१ गडुवान बस्ने ५२ वर्षीय जित बहादुर थिङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।