जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-१०-१८
- A
- A-
- A+
तेह्रथुम, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-७ थाङखुवा बस्ने ५१ वर्षीय भोलानाथ ढकाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ढकालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।