भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-१०-२०
- A
- A-
- A+
ताप्लेजुङ, पाथीभरा याङवरक गाउँपालिका-१ छिपछिपे बस्ने ४० वर्षीय बिर्खराज राईलाई १ थान भरूवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।