जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-११-०३
- A
- A-
- A+
रसुवा, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मिन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।