एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८१-११-०५
- A
- A-
- A+
तनहुँ, देवघाट गाउँपालिका-४ आमडाँडा बस्ने ६१ वर्षीय संखबिर गुरूङ र सोही गाउँपालिका-४ खोडे बस्ने ६८ वर्षीय कृष्ण बहादुर गुरूङलाई एकनाले भरूवा बन्दुक ३ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूको घरबाट उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।