प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा पक्राउ

२०७८-०९-३०

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट महेन्द्र शान्ती चोक नजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा रानाभाट लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार